हेडलाईनसमाचारप्रदेश

‘देश चलेको त यस्तै समितिबाट पो रहेछ । ‘- मेयर बालेन शाह

प्रहार समाचार । काठमाडौँ , १ कात्तिक २०८१ शुक्रबार । काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन शाह बालेन्द्रले देश चलेको त यस्तै समितिले पो रहेछ भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो आधिकारिक पेजमा मेयर बालेनले भनेका छन् – ‘ नाजायज सम्बन्धबाट सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितीले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैया तिरेर हडपेको थियो ।

तर त्यो हटाउने बारेमा अदालतमा मुद्दा पर्छ । अदालतले फैसला गर्दै त्यो जग्गा पशुपति विकाश कोषलाई नै जिम्मा दिन्छ । अनि पशुपति विकाश कोषले धर्मशाला तथा असक्तहरुलाई निःशुल्क खाना र औषधी उपचार सेवाको व्यवस्थापन गर्न महानगरलाई दिन्छ । आफ्नो जिम्मेवारीमा आएको संरचनालाई संरक्षण र व्यवस्थापन गर्न महानगर प्रहरी पुग्छ । तर, अदालतको फैसला, कोषको निर्णय सबै लत्याएर मारवाडी सेवा समिति प्रतिकारमा उत्रिन्छ । नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर उल्टो मारवाडी सेवा समितिको संरक्षण गर्छ । ‘

मेयर शाहले अन्त्यमा लेखेका छन्अ – ‘ बुझ्नु, देश चलेको त यस्तै समितिबाट पो रहेछ । यस्ता समितिहरूको नाजायज सम्बन्धहरू नियम र अदालत भन्दा माथि रहेछन् । हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ । ‘


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button