हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

यस बर्षको दशैंमा उपत्यकाबाट १३ लाख बढि मानिसहरु बाहिरीए

• विजय अधिकारी । (संवाददाता ) प्रहार समाचार । काठमाडौँ , २५ असोज २०८१ शुक्रबार ।  २०८१ सालको दशैंम एक हप्ता भित्र काठमाडौ उपत्यका बाट १३ लाख बढि मानिस बाहिरका छन् ।

नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारका अनुसार उक्त सङ्ख्या आज साँझ  सम्मको हो। उनले भने –  ‘१८ लाख मानिस काठमाडौ उपत्यका बाट दशै मान्न बाहिरीने अपेक्षा गरिएकोमा बाढी पहिरोका कारण १३ लाखको हाराहारीमा  मानिस बाहिरीएका छन् । ‘ 


उनले थपे – हामीले यस बर्ष दशैंमा १५ देखि १८ लाख मानिस काठमाडौ उपत्यकाबाट बाहिरीने अनुमान गरेका थियौ । तर,मुलुकमा विभिन्न स्थानमा गएको बाढी पहिरोको कारण सडक अवरुद्ध भएकोले जोखिम मोलेर पनि १३ लाख मानिस बाहिरीएका छन् । २०८० सालमा दशैंमा १८ लाख मानिस काठमाडौ उपत्यका बाट बाहिरीएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button