हेडलाईनसमाचारगण्डकीमनोरञ्जन

लमजुङको गाउँशहर कालीका मन्दिरमा विधि पुर्वक भित्र्याइयो फूलपाती

•विजय अधिकारी । ( संवाददाता ) लमजङ ,२५ असोज २०८१ शुक्रबार । लमजुङ जिल्ला बेसीशहर नगरपालिका वडा नम्बर-३,मा रहेको गाउँशहर कालीका मन्दिरमा भजन कृतन,मालाश्री र पन्चेबाजा विधि पुर्वक परम्परागत रूपमा फूलपाती भित्र्याइएको छ ।

प्रत्येक बर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका दिन घर-घरमा तथा देवालयहरुमा समेत शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइने गरिन्छ। शाह वङ्शको उदगम स्थलको रूपमा चिनिने लमजुङको गाउँशहर बाट सदरमुकाम बेसीशहरमा राजाको पालामा बनाइएको फूलबारी बाट फूलपाती लिनकालागि गाउँशहरबाट आलेमगर, बस्नेत, बोहरा, गाउँशहर आलेमगर, बस्नेत, बोहरा, थापा, घडिवाल, चन्दने सहितको “उपासे”ले नयाँ सफा कपडा लिइ विभिन्न जातका झोलिमा वेलको फूल,वेलपत्र,अशोकको फूल,अयन्ती,जयन्ती, आलती,मालती, पारीजातकोफूल,कुभिण्डो,अदुवा,जनैलहरा लगायत विभिन्न जातका फूल सङ्कलन गर्दै टोलि अघि बढछ ।

त्यो टोलि यशोब्राम्हा शाहले हिडेको बाटो हुदै बाटोमा फेला परेका फूलहरु टिप्दै गाउँशहरको चण्डीमा पुग्छन् । यसरी टिपिएको फूल हालेको झोली भुइँमा बिसाउन पनि नहुने चलिआएको परम्परा छ । सो टोलिमा रहेका जेठो,माहिलो,साहिलो र कान्छो चारजना “उपासे” चण्डी थुम्कामा झोली बोकेरै आराम गर्छन् । त्यही बेलानै कालिका मन्दिरमा दश अवतारको पुजागरी (देवी)मौलिनिले कलश बोक्ने,मुल पुजारीले पुजा गर्ने , भजनियाले भजन गाउने, मालाश्रीवालाले मालाश्री गाउदै पन्चेबाजा बजाउदै द्दावारेका साथ अन्य भक्तजनहरु सहित भएर फूलपातिको डोलि लिन गाउँशहर चण्डी थुम्कामा झर्छन्।

दुबै टोलिको चण्डीमा भेट भए पछी दुबै थरीले मन्दिरबाट पठाएको डोलि सजाउछन्। । उपासेहरु पनि पोशाक,माला,चन्दन लगायर सजिन्छन् । विधि पुर्वक चण्डीमा पुजा आजा गरि संयुक्त रूपमा फूलपातीको डोलि लिएर भजन कृतन,मालाश्री र बाजागाजा सहित कालिका मन्दिरमा पुगेर फूलपाती भित्र्याउने प्रचलन सहित डोलि भित्र्याउने काम सम्पन्न गरिएको मन्दिरका मुल पुरोहित सोमराज बरालले प्रहार समाचारलाई बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button