प्रहार समाचार । काठमाडौ, १८ असार २०८१ । राष्ट्रिय सहमतिको सरकार बनाउन नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भद्र सहमति भएसंङ्गै देशभर नयाँ तरङ पैदा गरेको छ । धेरैले आ आफ्ना टिका टिप्पणीहरु समाजिक संञ्जालमा राखेका छन् । काठमाडौँ महानगाका प्रमुख बालेन शाह बालेन्द्रले आफ्नो आधिकारिक फेसबुकमा लेख्दै भनेका छन् ;

यो समय गिरिबन्धु चियाको हो ।
काले काले मिलेर खाऊ भाले ।
गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ‘एकपल्ट’लाई बेच्न दिने ‘विधेयक’ संसदबाट पास भएछ !
नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो !
अब विरोध गरेको कांग्रेसले हल्ला भएजस्तै सरकार फेरियो भने भोलिबाट समर्थन जनाउनेछ अनि आज विधेयक पास गर्ने रास्वपा र माओवादीले चर्को स्वरमा गिरिबन्धुको नाम काढ्नेछन् र सदन बन्द गर्नेछन् ।
सरकार सुइँकिँदै छ भन्ने सुइँको पाएको भए रास्वपा यो हिलोमा मुछिन्नथ्यो होला तर सत्ताको ‘टाप’ले आँखा छोपियो ।
देशमा एउटा मझौला उद्योग खोल्न पुग्ने खाली जग्गा पनि बाँकी छैन । उद्योगको ‘प्लान्ट’ भन्दा जग्गा किन्न या भाड़ामा लिन महँगो पर्छ । औद्योगिक प्रयोजनबाहेक अन्यमा प्रयोग र बेचबिखन गर्न नपाइने गरी ‘पञ्चायत’ले जोगाइदिएका केही जग्गा पनि जोगाउन नसक्ने हो भने भोलि कहाँ पुगिएला ? नेपालको राजनीति ! “
























