हेडलाईनसमाचारप्रदेश

राष्ट्रिय सहमतिको सरकार बनाउन नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति

प्रहार समाचार । काठमाडौँ, १८ असार २०८१ । राष्ट्रिय सहमतिको सरकार बनाउन नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति भएको छ। सोमबार राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति पत्रमा हस्ताक्षर गरेको एक नेताले जानकारी दिए।

उनका अनुसार निर्वाचन, शासकीय प्रणाली लगायतमा सुधार गर्ने र एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको हो। यद्यपि उक्त सहमति भने दुवै नेताले गोप्य राखेका छन्। आ—आफ्ना दलमा छलफल गरेर निर्णय नभएकाले अहिले नै सार्वजनिक नगर्ने सहमति भएको ती नेताको दाबी छ।

दुई दलबीच सहमति हुँदा कांग्रेस, एमालेका सीमित नेतामात्रै उपस्थित थिए। कांग्रेसबाट सभापति देउवा, उनकी पत्नी आरजु राणा देउवा, प्रमुख सचेतक रमेश लेखक र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की मात्रै सहभागी थिए। एमालेबाट अध्यक्ष ओली र महासचिव शंकर पोखरेलमात्र सहभागी थिए।

मंगलबार आ—आफ्ना दलमा विस्तृत छलफल गरेर सहमति पत्र सार्वजनिक गर्ने र कार्यान्वयनमा लैजान सहमति भएको अर्का नेताले जानकारी दिए।

सहमति अनुसार संसदको बाँकी कार्यकाल नेपाली कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। पहिलो चरणमा राष्ट्रिय सहमतिको सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्नेछन्। त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको छ।

उनीहरूबीच संविधानको धारा ७६ (२) अनुसार नै सरकार गठन गर्ने सहमति पनि भएको छ। त्यसको सुनिश्चितताका लागि कांग्रेस एमालेका नेताहरू सोमबार राति नै राष्ट्रपतिसँग परामर्श गर्न शीतल निवास जाने तयारी गरेका थिए। तर अन्तिममा उनीहरू शीतल निवास नभएको ती नेताले बताए। सेतोपाटी बाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button