प्रहार समाचार । सर्लाही १७ असार २०८१ । बालयौन दुरुपयोगमा दोषी ठहर भएका तपस्वि रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।

तपस्वि बम्जनलाई जिल्ला अदालत सर्लाहीले उक्त फैसला सुनाएको हो ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले आज सोमबार अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जनाएका छन् ।
























