हेडलाईनसमाचारभानुगण्डकीमनोरञ्जन

पाञ्चायन  मन्दिर संरक्षण समितिलाई धार्मिक पुस्तक र वध्यवाधन सामाग्री सहयोग

विजय अधिकारी/ तनहुँ, १७ असार २०८१ ।तनहुँ जिल्लाको भानु नगरपालिका वडा नम्बर ११ , रुपाकोटमा रहेको कालिका पान्चायन मन्दिर संरक्षण समितिलाई धार्मिक पुस्तक र वाध्यवाधन सामाग्री सहयोग प्राप्त भएको छ ।

भानु नगरपालिकाको सामाजिक विकास शाखाले समितिको माग अनुसार १ लाख बराबरको धार्मिक पुस्तक र वाध्यवाधन सामाग्री  उपलब्ध गराएको छ । समितिलाई १६ थान अति आबस्यक  धार्मिक पुस्तक र धार्मिक कार्यक्रम मा आबस्यक पर्ने १५ थान वाध्यवाधन सामाग्री उपलब्ध गराएको नगरपालिका सामाजिक विकास शाखाका प्रमुख कृपाहरि लौडारीले जानकारी दिए ।
वाध्यवाधन सामाग्रीमा  हार्मोनियम , गितार , सारङी , मादल , खैजडी , मजुरा , वासुरी लगाएतका सामाग्री सहयोग प्राप्त भएको समितिका अध्यक्ष रामकृष्ण पौडेलले बताए ।


मन्दिर संरक्षण समिति मार्फत हुने विभिन्न भजन कृतन लगाएतका धार्मिक कार्यमा उक्त पुस्तक र सामाग्रीले ठुलो सहयोग मिल्ने समितिले जनाएको छ । यस सहयोग प्रति भानु नगरपालिकालाई  समितिले धन्यवाद समेत ज्ञापन गरेको छ  ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button