• विजय अधिकारी/ लमजुङ, १४ असार २०८१ । यस बर्षको एसईई परिक्षामा लमजुङ जिल्लाभरबाट ३ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन्। देश भरबाट जम्मा १ सय ८६ विद्यार्थीले सर्वोत्कृष्ट नतिजा ल्याएकामा लमजुङका ३ जना विद्यार्थी परेका हुन । लमजुङका सामुदायिक विद्यालय तर्फबाट १ जना र निजी विद्यालय तर्फबाट २ जनाले सर्वोत्कृष्ट नतिजा ल्याएका हुन् ।

सर्वोत्कृष्ट नतिजा ल्याउनेमा मध्यनेपाल नगरपालिका वडा नम्बर ७ मा रहेको कुशुमाकर मा.वि. का छात्र विश्वास घिमिरे र बेसीशहर नगरपालिका वडा नम्बर ७ मा रहेको युनिभर्सल यकेडेमी बोडिङ स्कूलका आयुष के.सी. र आयुश्मा गुरुङ रहेको लमजुङका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख वीर बहादुर गुरुङले बताए ।
कुशुमाकर माविका प्रअ ध्रुव राज घिमिरेका अनुसार ३.९ जिपिए ल्याउने १ जना , ३.८२ जि पि ए ल्याउने २ जना , ३.२ देखि ३.६ जि पि ए ल्याउने ७ जना , २.८ देखि ३.२ जि पि ए ल्याउने १३ जना , २.४ देखि २.८ जि पि ए ल्याउने ५ जना र २.० देखि २.४ जि पि ए ल्याउने १ जना विधार्थी रहेका छन ।
युनिभर्सल एकेडेमीका प्रीन्सिपल बिमल अधिकारीका अनुसार एसईई परिक्षामा सहभागी भएका ६३ जना विद्यार्थी मध्य ३.६ देखि ४ जि पि ए ल्याउने ३० जना , ३.२ देखि ३.६ जि पि ए ल्याउने २३ जना र २.८ देखि ३.२ जि पि ए ल्याउने ९ जना रहेकोे र एक जना विद्यार्थी अवर्गिकृतमा परेका छन्।
लमजुङ जिल्ला भरका सामुदायिक र निजी विद्यालय गरि २ हजार ६ सय ५० जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा ५२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन ।

























