हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्यमनोरञ्जन

१६ प्रकारका शारीरिक व्यायामका सामाग्री पराशर पार्कमा

• सङ्गम सापकोट/ तनहुँ १४ असार २०८१ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ को पराशर पार्कमा सबै उमेरका व्यक्ति लक्षित १६ प्रकारका शारिरिक व्यायामका सामाग्रीहरुको व्यवस्था गरिएको छ ।

करिव १० लाखको लागत रहेको सामाग्रीहरुमा प्रदेश र संघिय मार्फत बजेट माग गरि अझ बिस्तृत रुपमा अघि बढाउने वडा नं ३ का अध्यक्ष अनुप रानाले बताए।
साथै सेती मादीको सङ्गममा दैनिक सन्ध्या आरति गर्ने बारे पराशर आश्रमका संरक्षक दामोदर बाबा संग कुरा भैरहेको पनि बताए।
पराशर पार्क भित्र रहेका कुनैपनि रुख नकाटि त्यो भित्रको झार हटाइ दुबो रोप्ने पनि बताए।


फिजिकल फिट्नेश क्षेत्र घोषणा गर अज्ञाँत स्थलमा सिसि क्यामरा जडान गरि सुरक्षा प्रबन्ध पनि गरिने अध्यक्ष रानाले बताए । सेतीमादि बन उपभोक्ता समितिको अधिनमा रहेको सो १.६७ हेक्टर क्षेत्र मध्ये ९० मिटर गोलाइमा १६ प्रकारका शारिरिक व्यायाम गर्ने सामाग्रीहरु राखिएको उनले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button