हेडलाईनसमाचारप्रदेश

२ करोड रुपैयाँ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हबल्दारसहित ४ जनालाई पक्राउ

प्रहार समाचार । काठमाडौ, ११ असार २०८१ ।  काठमाडौं  उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरी हबल्दारसहित ४ जनालाई पक्राउ गरेको छ ।

भक्तपुरको दधिकोटका डिल्लीराज राउतको २ करोड रुपैयाँ लुटपाटमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार  पक्राउ पर्नेमा ओखलढुङ्गा मानेभन्ज्याङ–३ घर भइ हाल ललितपुर बस्ने ३५ वर्षीय मोनाराज राई, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का ३१ वर्षीय भीमबहादुर तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ का ३१ वर्षीय सुजन रसाइली तथा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ घर भई हाल नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगञ्ज’ मा कार्यरत ३८ वर्षीय प्रहरी हबल्दार कृष्णबहादुर बोहरा छन् ।  कार्यालयले आज पत्रकार सम्मेलन गरेर आरोपीहरूलाई सार्वजनिक हो ।

उनीहरूले यही असार ४ गते आफूहरू नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा आबद्ध रहेको बताउँदै राउतको घरभित्र प्रवेश गरी धम्क्याएर दराजमा राखेको २ करोड रुपैयाँ लुटेर फरार भएका थिए । लोकान्तर बाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button