प्रहार समाचार । तनहुँ, ११ असार २०८१ । रुसी सेनामा भर्ती भएका तनहुँका एक युवाको रुस-युक्रेन युद्धमा परि मृत्यु भएको छ । तनहुँ आँबुखैरेनी गाउँपालिका ५ भटिश्वरा गाउँका रंजित गुरुङको रुस-युक्रेन युद्धमा परि मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

गुरुङ दुवई हुँदै करिब ७-८ महिना अघि रुसि सेनामा भर्ती हुन रुस पुगेका थियो । सोही बेलादेखी उनी रुसी सेनामा भर्ती भै लडाइमा सहभागी भएको उनका आफन्त टेक बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार मृतकसंगै रुसि सेनामा कार्यरत साथी सुरज गुरुङले रन्जित मृत्यु भएको खबर परिवारलाई दिएका हुन् । मृतक रन्जित गुरुङको परिवारमा १ श्रीमती छोरा र एक विषय नाबालक छोरी छिन् ।
हाल उनिहरु चितवनको खैरहनी स्थित सिद्दिपुरमा बसोबास गर्दै आएका छन्। मृतक गुरुङले युद्धमा जानु अघि मात्रै आफ्नो फेसबुक पेजमा “अब केही दिन अनलाई आउन पाउदिन होला सबैलाई मीठो सम्झना ” भनेर लेखेका थिए ।
गुरुङको निधनले अहिले उनको परिवार शोकमा डुबेको छ।
























