प्रहार समाचार । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि तनहुँको ऋषिङ गाँउपालिकाको बजेट ५२ करोड २४ लाख ४ हजार रहेको छ।

गाउँसभाको १६ औं अधिवेशनमा सोमबार अनुमानित बजेट प्रस्तुत गदै उपाध्यक्ष गिनुमाया थापाले पालिकाले कृषि, संस्कृति, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर आगमी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताइन् ।
गाउँसभामा अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङ ‘समृद्धिको आधार : कृषि,संस्कृति,पर्यटन र पूर्वधार ‘ भन्ने मूल नारालाई प्राथमिकतामा राखेर बजेट तयार पारिएको बताए । उज्यालो ऋषिङ,खरको छानोमुक्त, ऋषिङ , एक वडा एक उत्पादन, सासु सँगै बुहारी जस्ता अभियान र कार्यक्रमलाई निरन्तरता तथा थप व्यवस्थित गरि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाईएको बताए ।
पालिकाले आफ्नो नीति तथा कार्यक्रममा बाँझो जग्गाहरुको उपयोग निति,उत्कृष्ट विद्यार्थीलाई निःशुल्क शिक्षा सँगै विभिन्न आयोगको तयारी कक्षा सञ्चालन गर्ने लगायतका विषयहरु समावेश गरेको ग छ । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन बहादुर रानाभाट, आठ वटै वडाका वडाअध्यक्ष लगायतको सक्रिय सहभागीता रहेको बताइएको छ।
























