हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

कोशी प्रदेशको पूर्वी भाग बाट प्रवेश गऱ्यो मनसुन  : सबै स्थानमा पानी भने परेन

प्रहार समाचार । काठमाडौ, ११ असार २०८१ । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भागमा प्रवेश भएको छ । मनसुन देशभर फैलिएको भएतापनि मनसुन यो कमजोर प्रकृतिको छ ।

मौसम पूर्वानुमान महाशाखाले बुलेटिन निकालेर मनसुन देशभर फैलिएको जानकारी दिएको हो ।नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गत जेठ २८ गते बाट फैलिएको भएतापनि कमजोर प्रकृतिको भएकाले देश भर पानी भने नपरेको मौसमविद् गोविन्दकुमार झाले बताए ।


आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। 

साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौशम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख  छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button