प्रहार समाचार । तनहुँ ९ असार २०८१ । तनहुँमा कार्यरत पत्रकार अमरराज नहर्की काठमाडौंमा शनिबार सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रबाट नेपाली, कला साहित्यको विविध गतिविधी समुदाय समक्ष समाचार प्रस्तुत गरी नेपाली कला, साहित्य, गीत सङ्गीतको संरक्षण सम्बद्धमा योगदान पुऱ्याएको भनि जय प्राप्ति म्युजिक अवार्ड–२०८० मा मोफसल पत्रकारितका सम्मानबाट पत्रकार नहर्की सम्मानित भएका हुन् ।

दोस्रो म्यूजिक अवार्ड वितरण कार्यक्रमको अवसरमा पत्रकारिता क्षेत्रबाट नहर्कीलाई सम्मान गरिएको थियो । चलचित्र विकास वोर्ड, चाबहिलमा नेपाल सरकारका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सम्मानपत्र प्रदान गरे । मोफलसमा बसेर पत्रकारिताको माध्यबाट नेपाली भाषा, साहित्य, कला, सङ्गित क्षेत्रको उत्कृष्ट लेखन गरे वापत पत्रकार नहर्कीलाई सम्मान गरिएको अवार्डका संयोजक तथा लोकप्रिय गायक जयराज भट्टले जानकारी दिए । अवार्ड कार्यक्रममा विभिन्न विद्यामा गीत सङ्गीतका स्रष्टा र सर्जकलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु, हास्य कलाकार, अग्रज देखि नवोदित सम्मका कलाकारहरुको सहित बेजोड सांगितिक प्रस्तुति गरेका थिए। नहर्कीले नेपाल पत्रकार महासङ्घ, शिक्षामन्त्रालयको शिक्षा विभागद्धारा सयुक्त रुपमा प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार– २०७२, शिक्षा लेखनवृत्ति पुरस्कार–२०७० लगायत थुुप्रै पुरस्कार तथा मान सम्मान पाई सकेका छन् । नहर्की नेपाल प्रेस युनियन तनहुँको निर्वतमान अध्यक्ष हुन् । नहर्की दुई दशक अघि देखि पत्रकारितामा क्रियाशिल छन् ।

























