हेडलाईनसमाचारगण्डकीम्याग्दे

म्याग्दे गाउँपालिकाको नीति तथा कार्यक्रम : पाँच वर्षभित्र स्मार्ट र नगरोन्मुख पालिका बनाइने लक्ष्य

प्रहार समाचार । तनहुँ ९ असार २०८१ । तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१ / ८२ को नीति तथा कार्यक्रम पारित गरेको छ। गाउँपालिकाको १६ औँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो। नीति तथा कार्यक्रममा म्याग्दे गाउँपालिकालाई आगामी पाँच वर्षभित्रमा स्मार्ट र नगरोन्मुख बनाइने लक्ष्य लिएको छ।

गाउँपालिकालाई स्मार्ट तथा नगरुन्मुख बनाउन पाँच वर्षीय भित्र निरन्तर कार्यान्वयन गर्ने गरि लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्रे , अध्यक्ष र उपाध्यक्षसंग जनता कार्यक्रम , एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम , अति विपन्न गरिब आवास निर्माण योजना, ढल सडक सरसफाई ,  खानेपानी , गुणस्तरीय शिक्षा , स्वास्थ्यको उच्चतम प्रयोग , मानव संसाधन विकास , सूचना प्रविधिको उच्चतम प्रयोग , आर्थिक सामाजिक रुपान्तरण उत्पादन तथा उत्पादकत्ववृद्धिमा जोड दिई जलवायु र वातावरण मैत्री दिगो विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।गाउँसभाले क्षेत्रगत रूपमा विभिन्न नीतिहरू पारित गरेको छ ।  जस अन्तर्गत कृषि विकास तथा कृषिप्रसारलाई प्रोत्साहन गर्न उपाध्यक्षसँग कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ।


त्यस्तै ‘आलीदेखि नालीसम्म खाद्य स्वच्छता कायम गर्न बसे पनि सहर गाउँकै खाने रहर ‘ नारालाई व्यवहारिक कार्यान्वयनका लागि कोदोको मम , कोदोको सेल ,को दोको रक्सी  ,फापरको रोटी  ,सिस्नुको सुप , बेलको जुस उत्पादन, बजारीकरण गर्ने उल्लेख गरिएको छ । यसैगरी पशुसेवा तथा प्रसार कार्यक्रम अन्तर्गत अध्यक्षसँग पशुसेवा कार्यक्रम सञ्चालन गर्ने भएको छ भने घरेलु तथा साना उद्योग तर्फका विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन्। जसमा स्थानीय सीप , स्रोत साधन एवं प्रविधिको प्रयोगलाई बढावा दिने  , व्यावसायिक उत्पादन गर्न अग्रसर गराउने उल्लेख गरिएको छ।


नीति तथा कार्यक्रममा स्थानीय वन पैदावार , प्राकृतिक स्रोत साधन , जडीबुटीमा आधारित उद्योगको स्थापना गर्ने उल्लेख छ। पर्यटन , सहकारी विकास ,  बैंक तथा वित्तीय क्षेत्रका विषय समेटिएका छन्। सामाजिक विकास समितितर्फ शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ भने  ‘साथीबाट सिक्ने साथीलाई सिकाउने ‘ कार्यक्रम विशेष महत्व दिने उल्लेख गरिएको छ । स्वास्थ्य क्षेत्रतर्फ  ‘म र मेरो स्वास्थ्य मेरो जिम्मेवारी ‘ भन्ने नारालाई स्वास्थ्यको मूल आधार बनाइने उल्लेख गरिएको छ।

त्यसैगरी युवा तथा खेलकुद महिला तथा बालबालिका र लक्षित वर्गको उत्थानमा विशेष जोड दिइएको छ। अपाङ्ग,जेष्ठ नागरिक तथा अन्य तर्फका कार्यक्रमलाई उपाध्यक्षसँगको कार्यक्रममा जोडि अगाडि बढाउने उल्लेख गरिएको छ। खानेपानी तथा सरसफाई र फोहोरमैला व्यवस्थापनतर्फ प्रदेश सरकार र गाउँपालिकाको एउटै नाराको रुपमा रहेको ‘ एक घर एक धारा ‘को नीतिलाई अवलम्बन गरिने उल्लेख गरिएको छ । भाषा र संस्कृति र साहित्यतर्फ स्थानीय मौलिक सांस्कृतिक पर्यटन र उत्पादनसँग जोडेर विकास गरिने उल्लेख गरिएको छ। भने गैसस, निजी क्षेत्र , सहकार्य साझेदारी कार्यक्रमलाई निरन्तरता दिँदै समग्र पूर्वाधारजन्य कार्य प्रक्रियाको सम्बन्धमा नीति तथा कार्यक्रममा समेटिएको छ । 

सडक तथा पुल, कलबड र झलुङ्गे पुल निर्माण  , भवन तथा सहरी विकास तर्फका कार्यक्रमहरू समावेश गरिएका छन् । पालिकामा जग्गा चक्लाबन्दी तथा वस्तीविकास योजनालाई व्यवस्थित गरिने , विद्युत तथा ऊर्जा क्षेत्रलाई प्रभावकारी बनाइने , सिंचायलाई व्यवस्थित गरिने सञ्चार र प्रविधिको भरपुर प्रयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।


त्यसैगरी वन तथा वातावरणको क्षेत्र विपद व्यवस्थापन भूमि व्यवस्थापनको क्षेत्रलाई नीति तथा कार्यक्रमले विशेष जोड दिएको छ। न्यायिक सम्पादन तर्फ राजश्व परिचालनलाई प्रभावकारी बनाउने , वित्तीय अनुशासन कायम गर्ने, सामाजिक सुरक्षाको क्षेत्रलाई ध्यान दिने उल्लेख गरिएको छ।गाउँसभाको दोस्रो बैठकमा  भोली १० गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button