प्रहार समाचार । काठमाडौँ , ९ असार २०८१ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता गरेको आरोपमा मुख्यसचिव अर्यालसहित १२ जनालाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
उनीहरूविरुद्ध कुल ३८ करोड ६७ लाख १७ हजार ६४० बिगो कायम गरिएको छ ।
मुख्यसचिव अर्यालका अलावा अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।
























