हेडलाईनसमाचारभानुगण्डकी

भानु नगरपालिकाकाे निति तथा कार्यक्रम : भानु जन्मस्थलमा सप्तधाम निर्माणमा जाेड दिईने

प्रहार समाचार । तनहुँ, ८ असार २०८१ ।  तनहुँकाे भानु नगरपालिकाकाे आर्थिक वर्ष २०८१/०८२ काे नितिनीति तथा कार्यक्रम सार्वजनिक गरिएकाे छ । नगर प्रमुख आनन्दराज त्रिपाठीले नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेका हुन् ।
   भानु नगरपालिकाकाे नीति तथा कार्यक्रममा भानु जन्मस्थलमा सप्तधाम निर्माणमा जाेड दिईने उल्लेख छ भने जनताका गुनासो सुन्न “हेलो मेयर रेडियो कार्यक्रम“ सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

भानु जन्मस्थल जाऊँ भानुलाई चिनाऔं भन्ने नाराका साथ नेपाल,नेपाली र भानुवासीको पहिचानकाे उदेश्य राखी भानु जन्मस्थलको विकासको लागि शुरुवात गरिएको  प्रारम्भिक गुरुयोजना अन्तर्गत आदिकवि भानुभक्तको विशाल प्रतिमा, सप्तधाम निर्माण ,जग्गा अधिकरण,साहित्यिक पार्क,पूर्वाधार निर्माणको लागि संघीय सरकार, दात्री निकाय एवं देश विदेशमा आवश्यक समन्वय गरिनेछ र भानुको पहिचान विर्के टोपी नगर भित्रका सरकारी कार्यालय,सामुदायिक विद्यालय,टोल आदि स्थलमा लगाऊन प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा भनिएकाे छ ।


आगामी ५ वर्षभित्र अधिक घरधुरीलाई आधारभूत मापदण्डको सफा एंव स्वच्छ खानेपानी उपलब्ध गराइने, खानेपानीको वितरण प्रणालीलाई थप प्रभावकारी एंब व्यवस्थित तुल्याइनेछ ।
परम्परागत पानी पोखरी, दुङ्गेधारा र मुलको संरक्षण गरिसमग्र विकासको समुन्न त भानु नगरको लक्ष्य हाँसिल गर्न सार्वजनिक, निजी क्षेत्र र समुदायको साझेदारी एवं सहभागीतामा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।


यूवा जनशक्तिलाई स्थानीय स्तरमै टिकाई आय, उत्पादन र रोजगारीका कार्यलाई प्रवर्द्धन गर्ने, उत्पादनमा आधारीत कृषि प्रोत्साहन कार्यक्रम सञ्चायलन गर्ने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाई सुशासनको प्रत्याभूत गराउन नगरपालिकाको क्षमता विकास गर्ने अपरिहार्यताको लागि विद्युतिय सुशासन प्रणालीलाई सेवा प्रवाह व्यापक र प्रभावकारी बनाउने, प्राथमिकताका क्षेत्रहरुमा सर्वसुलभ एवं स्वस्थ्यमा सहज पहुँच, गुणस्तरिय शिक्षा, कृषि तथा पशुपालन तथा रैथाने वाली संरक्षण,प्रवर्द्वन तथा बजारीकरण, सुशासन अभिवृद्धि, दिगो लक्ष्य प्राप्तिका भौतिक पूर्वाधार संरचना निर्माण , वातावरण संरक्षण, विपद तथा आपतकालिन व्यबस्थापन, सामाजिक सुरक्षा ,उद्यमशिलता ,रोजगारी सिर्जना तथा नवप्रवर्तन , सार्वजनिक जग्गाको संरक्षण तथा निजि–सहकारी साझेदारी पर्यटन विकासमा जाेड दिईने नीति तथा कार्यक्रममा भनिएकाे छ ।


“साहित्य, पर्यटन र कृषिक्षेत्र हाम्रो, पारौ समृद्ध र समुन्नकत भानु राम्रो“ भन्ने नारा राखी  नगरस्तरीय अस्पताल कालिमाटिको नयाँ भवन निर्माण कार्यलाई तिब्रता दिई आगामी २ बर्ष भित्र सम्पन्न गरी नयाँ भवन बाट सेवा सञ्चालन गरीने , पुरनडिही नगर अस्पतालको अत्याधुनिक भवन निर्माण कार्यलाई आगामी वर्ष भित्रमा सम्पन्न गरी नयाँ भवन बाट सेवा सुरुवात गरीनेछ साथै नविनतम प्रबिधि अपनाई प्रयोगशाला तथा एक्स–रे सेवा पुर्ण रुपमा डिजिटल गराईने, कृषि जैविक विविधता संरक्षणमा सामुदायलाई प्रोत्साहन गरिनेछ । रैथाने वालीको संरक्षण र प्रर्वद्धन गर्दै कृषकहरुको माग बमोजिम हाईब्रिड तथा उन्नत जातको बीउ उपलब्ध गराईने छ । प्राङ्गारिक तथा जैविक मलको उत्पादन  र उपयोगलाई प्रोत्साहित गरिने, एक वडा एक पशु उत्पादन कार्यक्रम लाई जोड दिइनेछ।


पशु स्वास्थ्य र बाझोपन न्यूनिकरण कार्यक्रम संचालन गरिने, पशु नश्ल सुधार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिने, मासु तथा दुग्ध पसल संचालन तथा सुधारमा प्रोत्साहान गरिनेछ पशुपालन क्षेत्रमा लगानी वृद्दि गर्ने सरल कर्जा निती अवलम्वन गरिनेछ । कृषि तथा पशु पालन गर्न युवा कृषकलाई प्रोत्साहान नीति ल्याइने,  उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई क्रमश लागु गर्दै लाने नीति अवलम्वन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।


भूमिहिन, सुकुम्बासी र अब्यवस्थितहरुलाई भूमी आयोग मार्फत निश्चित मापदण्डको आधारमा बसोबासको व्यवस्थासहितको लालपूर्जा उपलब्ध गराइने, नगरपालिका भित्र रहेका सार्वजनिक जग्गा, सामुदायिक वन क्षेत्रमा रहेका खाली जग्गाहरु एंवम अन्य खालीठाउँहरुमा एवम् निजी जग्गाहरुमा फलफूल, जडिबुटी एवम् अन्य जंगली फलहरु लाग्ने विरुवा लगाइने,  निर्माण तथा चौतारी संरक्षण संवर्द्वन गर्ने एवं यस वर्ष १ वडा १ चौतारी र १ पोखरी निर्माण गरिने छ नीति तथा कार्यक्रममा समेटिएको छ ।
संघ, प्रदेश साझा विषयका अधिकार क्षेत्रको सम्बन्धमा नगरपालिकालाई अधिकतम प्रतिफल प्राप्त हुने गरि स्थानीय अवसरलाई उपयोग गर्ने र विकास समृद्धि र सुशासनमा पहिचान कायम गर्दै नमूना नगरको रुपमा स्थापित गर्नका लागि कार्यगत उत्कृष्ट अभ्यासहरुको अनुशरण तथा नवप्रवर्द्धनशिल कार्यहरुमा विशेष जोड दिइनेछ।

यूवा जनशक्तिलाई स्थानीय स्तरमै टिकाई आय, उत्पादन र रोजगारीका कार्यलाई प्रवर्द्धन गर्ने, उत्पादनमा आधारीत कृषि प्रोत्साहन कार्यक्रम सञ्चा लन गर्ने, मानव संसाधन विकासका लागि सबल संस्था विकास गर्ने कार्य र पूर्वाधारको दिगोपना कायम गर्ने विषयहरु नीति कार्यक्रमको केन्द्रको रुपमा रहनेछन्।
नगरपालिकाले सर्वसुलभ एवं स्वस्थ्यमा सहज पहुँच, गुणस्तरिय शिक्षा,  कृषि तथा पशुपालन तथा रैथाने वाली संरक्षण,प्रवर्द्वन तथा बजारीकरण,  सुशासन अभिवृद्धि, दिगो लक्ष्य प्राप्तिका भौतिक पूर्वाधार संरचना निर्माण, वातावरण संरक्षण, विपद तथा आपतकालिन व्यबस्थापन, सामाजिक सुरक्षा, उद्यमशिलता , रोजगारी सिर्जना तथा नवप्रवर्तन, सार्वजनिक जग्गाको संरक्षण तथा निजि–सहकारी साझेदारी र पर्यटन विकासलाई प्राथमिकता दिएकाे छ ।


कार्यक्रममा भानु नपाकी उप प्रमुख उमा गाेतामे, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पाैडेल, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, सभासद, विभिन्न शाखाका प्रमुखहर लगाएतकाे सहभागीता रहेकाे थियाे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button