प्रहार समाचार । गोरखा, ७ असार २० ८१ । गोरखा पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा तीन दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिमको सुरुवात शुक्रबारबाट भएको छ। कार्यक्रमको व्यानर पढेर उद्घाटन गर्दै पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमालको सिकेको ज्ञान र सिपलाई दैनिक व्यवहारमा उतारेर व्यक्तित्व विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कार्यपालिका सदस्य पम्फा बिक ,वडा सदस्यहरु खोप बहादुर थापा ,प्रमिला थापा, प्रेम बहादुर कुमाल , सिकाई केन्द्रकी सदस्य सवित्री बिक लगायतकाले समाज परिवर्तनमा यस्ता कार्यक्रम सहायक सिद्ध हुने बताए । उक्त कार्यक्रमको सञ्चालन सचिव राममाया कुमालले गरेकी थिइन। सो कार्यक्रममा टोल विकास संस्थाका सचिव तथा अन्य पदाधिकारीहरू लगायतकाको उपस्थिति रहेको छ ।
आजको कार्यक्रममा उद्घोषण कला माइन्यूट लेखन लगायतका विषयवस्तुमा प्रहार अनलाई पत्रिकाका सम्पादक पत्रकार शंकरराज नहर्कीले पहिलो र दोस्रो शत्रमा प्रशिक्षण प्रदान गरेका थिए । कयिक्रम सिकाई केन्द्रका अध्यक्ष रविन्द्र कडेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम भोली र पर्सी उद्घोषण कला तथा भाषण कला सम्बन्धी कार्यक्रम हुने र ९ गते कार्यक्रमको समापन हुने सिकाई केन्द्रले जनाएको छ ।


























