प्रहार समाचार । तनहुँ, ८ असार २०८१ । दऔं विश्व योग दिवस २०८१ जिल्लाभर विविध कार्यक्रमका गरि मनाइएको छ।
यसै क्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँले भिमाद नगरपालिकाको समन्वयमा पाँच दिने उपचारात्मक योगासन,प्राणायाम तथा ध्यान सम्बन्धी प्रशिक्षण कार्यक्रम शुक्रबार समापन गरिएको छ ।

उक्त समापन कार्यक्रमका बोल्दै भिमाद नगरपालिकाका प्रमुख दधि राज सुवेदीले विश्व योग दिवस देखी भिमाद नगरपालिकामा योगलाई भिमाद आयुर्वेद औषधालय मार्फत निरन्तरता दिने बताउँदै योगलाई निरन्तरता दिदा समाजमा विकराल रुपमा फैलिदै गएको नसर्ने रोगहरुलाई रोकथाम र नियन्त्रण हुने दाबी गरे ।
भिमाद नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मरासिनीले सबैले योगमा जोडिएर स्वास्थ्य रहन आग्रह गरे । योग शिविरमा योग विषय र महत्व वारे प्रशिक्षक डा.नारायण श्रेष्ठ, डा.अनिल थापा, वैद्य निरिक्षक भोजहरि रानाभाट, कविराज निरिक्षक देवेन्द्र यादव र वैद्य निरिक्षक गणेश कोइरालाले प्रशिक्षण प्रदान गरेका थिए । शिविरमा पाँच सय बढि प्रशिक्षित भएका थियो।
कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँका वरिष्ठ कविराज निरिक्षक शम्भु चापागाइको सभापतित्वमा सम्पन्न भएको थियो । यसै गरि विश्व योग दिवसकै अवसरमा बन्दिपुर गाउपालिकाको डुम्रे वजारमा ५ दिने योग शिविरलाई निरन्तरता दिदै विश्व योग दिवस मनाइएको छ।


























