प्रहार समाचार । भारत, ७ असार २०८१ ।भारतको तमिलनाडुस्थित कल्लाकुरिचीमा विषाक्त मदिरा सेवन गर्दा ३४ जनाको मृत्यु भएको छ । जबकि एक सयभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ।

सरकारले घटनामा ज्यान गुमाएकाका परिवारलाई १० लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको समाचारमा उल्लेख छ । मृत्यु हुनेमा अधिकांश करुणापुरमका बासिन्दा हुन् ।
विषाक्त मदिरा काण्डपछि कल्लाकुरिचीका जिल्ला अधिकारीको सरुवा भएको छ । प्रहरी नायब उपरीक्षकसहित दश जना प्रहरी निलम्बनमा परेका छन् ।
तमिलनाडु सरकारले सेवानिवृत्त न्यायाधीश गोकुलदासको अध्यक्षतामा एक छानबिन समिति गठन गरेको छ। आयोगले तीन महिनाभित्र छानबिन प्रतिवेदन बुझाउने समाचारमा उल्लेख छ । तमिलनाडु सरकारले सेवानिवृत्त न्यायाधीश गोकुलदासको अध्यक्षतामा एक छानबिन समिति गठन गरेको छ। आयोगले तीन महिनाभित्र छानबिन प्रतिवेदन बुझाउने समाचारमा उल्लेख छ ।
























