हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : आइतबारबाट देशभर मनसुन फैलिने

प्रहार समाचार । काठमाडौ, ७ असार २०८१ । अहिले बिहानैदेखि कोशी, मधेश र बाग्मती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भजलजल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा आज पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

आइतबारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको छ। गण्डकी प्रदेशका अधिकांश भेगमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भेगमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार आज राति कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गजेठ २८ गते  कोशी प्रदेशबाट भित्रिएको यस वर्षको मनसुन पश्चिमतर्फ सर्दै हिजो लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button