हेडलाईनसमाचारगण्डकी

गोरखाको पालुङ्टार नगरपालिकाले ल्यायो : वनको बाँदर वनैमा’ कार्यक्रम

प्रहार समाचार । गोरखा , ६ असार २०८१ । गोरखाको पालुङ्टार नगरपालिकाले आगामी य आर्थिक वर्षमा बाँदर नियन्त्रणका लागि ‘वनको बाँदर वनैमा’ कार्यक्रम लागू गर्ने भएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा बाँदरबाट बाली जोगाउन नयाँ नीति लागू गर्ने तयारी गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए ।

‘नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा किसानले लगाउँदै आएका खेतीबालीमा बाँदर, दुम्सी, मृगलगायतका वन्यजन्तुले बढी क्षति पुर्‍याउने गरेको छ”, उनले भने, ‘‘त्यसका लागि समयमा नियन्त्रणको थालनी नगरे यहाँका किसानहरू कृषि पेसाबाट विस्थापित हुने अवस्था छ ।’’

जङ्गली जनावरबाट बाली जोगाउँदा जनावरको अधिकारको ख्याल गरी प्राकृतिक उपायहरू अवलम्बन गर्ने नीति नगरपालिकाले लिएको छ । ‘‘कार्यक्रम कार्यान्वयनका लागि नगरक्षेत्र भित्र बाँदरको बढी प्रकोप भएका क्षेत्र पहिचान गरिनेछ”, नगरप्रमुख चिन्तनले भने, ‘‘सोही आधारमा बाँदरलाई जङ्गलमै रोक्न आवश्यक पहल गर्ने गाउँपालिकाको नीति छ ।’’

कार्यक्रमअन्तर्गत बाँदरलगायत वन्यजन्तुबाट अन्नबाली जोगाउन जङ्गलमा फलफूल तथा बोट बिरुवा लगाउने योजना छ । बढी प्रकोप रहेका क्षेत्रका किसानलाई बाँदरलगायतका बन्यजन्तुले नष्ट नगर्ने किसिमका बाली लगाउन प्रोत्साहनसहितको कार्यक्रम सञ्चालन गरिने उनले बताए ।


नगरपालिकाको कतिपय क्षेत्रमा खुर्सानी, अदुवा, जौ, बेसार, टिम्मुर, कागती, कटहरजस्ता बालीको सम्भावना रहेको छ”, उनले भने, ‘‘यस्ता बालीबाट प्रशस्त आम्दानी गर्न सकिने र वन्यजन्तुले पुर्याउने क्षतिबाट जोगाउन सकिने भएकाले आगामी आवमा नगरपालिकाले वन्यजन्तुको प्रकोप बढी भएको क्षेत्रमा यस्ता बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।’’ रासस


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button