प्रहार समाचार । भारत, असार ३ ।भारतको पश्चिम बंगालको दार्जलिङमा रोकिएको रेलमा मालगाडी ठोक्किदा भएको दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुगेको प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई) ले जनाएको छ ।

घटनामा अरू ६० जना घाइते भएको बताएको छ । सिलदह जाँदै गरेको कञ्चनजंगा एक्सप्रेसको सो रेल सोमबार रोकिरहेको अवस्थामा माल बाहक रेलले ठक्कर दिएको थियो । घटनापछि उद्धार कार्य तीव्र गतिमा अगाडि बढिरहेको रेलमन्त्री अश्वनी वैष्णव र पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीले बताएका छन् ।




















