आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

जङ्गली च्याउ खाँदा आँबखैरेनी -६ हिले खर्कका पाँचजना बिरामी

प्रहार समाचार । तनहुँ, असार ३ । तपाईहरु मध्ये कसैले जङ्गली च्याउ  खाँदै हुनुहुन्छ भने होसियारी अपनाउनु होस् । कतै त्यो च्याउ खाँदा बिरामी पो परिन्छ की ? यस्तै भएको छ तनहुँको आँबखैरेनी गाउँपालिका–६ हिले खर्कमा । त्यहाँ जंगली च्याउ खाएका पाँच जना बिरामी  भएका छन् ।  

स्थानिय डिल बहादुर गुरुङले नजिकै रहेको जङ्गलबाट ल्याएको च्याउ आफ्नो परिवार तथा छिमेकीले खाँदा बिरामी भएका हुन् । बिरामी भएकाहरू मध्ये    डिल बहादुर गुरुङ, मधु गुरुङको नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा उपचार भइरहेको छ भने रणबहादुर गुरुङ, द्रोणपती गुरुङ र पम्फी गुरुङको तनहुँको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

घर नजिकैको जङ्गलमा गएर ल्याएको च्याउ आइतबार खाँदा उनीहरू बिरामी भएका हुन् । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button