प्रहार समाचार । पोखरा , असार १ ।गण्डकी प्रदेश सरकारले आगामी आव २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेश सभामा अर्थमन्त्री डा. टकराज गुरुङले आज उक्त रकम बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ रहेको छ ।
बजेको प्राथमिकतामा के के ?
ब
अर्थमन्त्री डा. गुरुङले बजेटको उद्देश्यमा गुणस्तरीय पूर्वाधार तथा उत्पादन अभिवृद्धि, रोजगारी तथा आयमा वृद्धि गर्नु, मानव पुँजी निर्माण विकासको लक्ष्यको समन्वायिक वितरण स्थापित गर्नु, सामाजिक न्याय र समन्यायिक हासिल गर्नु, गुणस्तरीय सार्वजनिक सेवामार्फत सुशासन अभिवृद्धि गर्नु रहेको बताए ।
यस्तै, बजेटका प्राथमिकतामा दिगो र उत्थानशील पूर्वाधार निर्माण, आय उत्पादन र रोजगारीमा वृद्धि, सामाजिक विकास र समतामूलक समाजको स्थापना, सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय शिक्षा, सन्तुलित क्षेत्रगत विकास र सुशासन प्रवद्र्धन, गुणस्तरीय सेवाप्रवाह लगायत छन् ।
खेलकुदलाई प्राथमिकता
गण्डकी प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिँदै उचाइमा खेल, खेलमा उचाइ कार्यक्रम संचालन गर्ने भएको छ।
आवको आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. टकराज गुरुङले सो योजना सुनाएका हुन्।
उनले भने, ‘उच्च उचाइमा खेल तालिम केन्द्रको पूर्वाधार निर्माण गर्ने कार्य आगामी आवमा सुरुआत गरी उच्च उचाइको खेलका लागि उचाइमा खेल, खेलमा उचाइ कार्यक्रमका लागि आवश्यक व्यवस्था मिलाएको छु ।’
प्रदेश सरकारले खेलाडीको सम्मानमा समेत बजेट विनियोजन गरेको जनाएको छ । प्रदेशका ख्यातिप्राप्त खेलाडीको सम्मान कार्यक्रम संचालनका लागि आवश्यक बजेट व्यवस्था मिलाइएको अर्थमन्त्री डा. गुरुङले बताए ।
























