हेडलाईनसमाचारप्रदेश

भेरी नदीमा पौडीखेल्न  गएका  दुई जना बेपत्ता

प्रहार समाचार । खुर्खेत, असार १ ।अत्यधिक गर्मी भएपछि  पौडी खेल्न सुर्खेतको भेरी नदीमा गएका  दुई जना बेपत्ता भएका छन् ।  आज दिउँसो वीरेन्द्रनगर -२ चोक्टेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता  भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए।

बेपत्ता हुनेमा कालिकोट घर भई हाल सुर्खेत वीरेन्द्रनगर–७ खजुरा बस्ने वर्ष १९ का विनोद केसी र सोही ठाउँ बस्ने वर्ष १६ का  भूपेन्द्र केसी रहेको प्रहरीले पुष्टि गरेको छ।

नदीमा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी चौकी रानीघाटबाट प्रहरी सहायक निरीक्षक जसपाल बुढाथोकीको कमाण्डमा ४ जनाको प्रहरी टोली खटिएर खोजी कार्य गरिरहेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button