हेडलाईनसमाचारबागमती

‘संविधान संशोधन गरेर संघीय मन्त्रालय घटाउनु पर्छ’  – कांग्रेस महामन्त्री थापा

प्रहार समाचार । काठपाडौँ, असार १ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गरेरै भएपनि संघीय सरकारका मन्त्रालयको संख्या घटाउने प्रस्ताव गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक क कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने ‘संघीय सरकारमा मन्त्रालयको संख्या घटाएर १०/१२ वटामा झार्नु पर्छ ‘ ।

संघ र प्रदेशको संसद्को साइज घटाउनुपर्‍यो । संघमा १०/१२ जना मन्त्री बनाए हुन्छ। हामीले संविधानमा २५ लेखेका छौं। २५ नलेखेको भए अहिले प्रचण्ड नेतृत्वको सरकारमा ५० जना मन्त्री बन्ने रहेछन्,’ उनले भने । संघमा जस्तै प्रदेशमा पनि मन्त्रालयको संख्या घटाउनुपर्ने उनको भनाइ छ । साथै उनले प्रदेशको निर्वाचन प्रणाली पनि बदल्नुपर्ने बताए। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button