प्रहार समाचार । कञ्चनपुर, चैत२३ । नेपाल आइडलका विजेता लोकप्रिय गायन रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

ओडविरुद्ध अदालतबाट पक्राउ अनुमति आएको कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए । ओड लाई आफ्नै पत्नीले अप्राकृतिक तरिकाले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । पुर्जी जारी भएसँगै ओड अहिले फरार भएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

























