प्रहार समाचार । काठमाडौँ, चैत २३ । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले आज दोस्रो एकदिवसीय खेल खेल्दै छ । टी –२० र एकदिवसीय शृंखलाका लागि दुई टिमबीचको खेल आज बिहान त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरू हुनेछ ।

नेपाल पहिलो जितको खोजीमा हुनेछ । यसअघि पहिलो एकदिवसीय खेलमा नेपाल वुल्भ्ससँग २१ रनले पराजित भएको थियो ।
त्यसअघि वुल्भ्सले नेपाल ‘ए’ सँगको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो । शृंखलाको अन्तिम खेल आइतबार हुने तालिका रहेको छ ।

























