प्रदार समाचार । कास्की, चैत २१ । केन्द्र सरकारको सत्ता समिकरण बदलिएसंगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजिनामा दिएका छन् ।

बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष मुख्यमन्त्री पाण्डेले राजिनामा दिएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसद्मा विश्वासको मत लिनुपर्ने थियो । संसदमा तत्काल बहुमत जुटाउन नसक्ने भएसंगै उनले राजिनामा दिएका हुन् ।

उनले ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् । गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएको छ । गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८ जना सांसद् छन् । जुन संख्या सरकार बनाउन पर्याप्त छैन । २ सदस्य रहेको राप्रपाले गठबन्धनलाई साथ नदिंदा बहुमत नपुग्ने र ठूलो दलको हैसियतमा फेरि आफैं मुख्यमन्त्री हुने दाऊ पाण्डेको रहेको छ ।
























