प्रहार समाचार । ताइवान, चैत २१ । ताइवानमा आज गएको शक्तिशाली भूकम्पमा मर्नेको सङ्ख्या ९ पुगेको छ । भूकम्पमा परेर ८८२ जना घाइते भएको त्यहाँको राष्ट्रिय अग्नि विभाग (एनएफए)ले बताएको छ ।अझै पनि १३१ जना भूकम्पका कारण भत्किएका संरचनाहरूमा फसेको बताइएको छ । यीमध्ये ५० जना सिल्क्स प्लेस होटल तारोकोका कर्मचारीहरू भएको बताइएको छ ।

भूकम्प आएको समयमा यी कर्मचारीहरू चार मिनिबसमा यात्रा गरिरहेका थिए । मिनीबसमा सवार कसैको पनि फोनमा सम्पर्क हुन नसकेपछि कतै फसेको हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् । हुआलिएन काउन्टीमा एउटा सुरुङमा फसेका दुई जना जर्मन नागरिकहरुको उद्धार गरिएको एनएफएले बताएको छ ।

फस्नेमा केही विदेशी नागरिक पनि भएको बताइएको छ। . ताइपेईका कम्तीमा ७ अस्पतालमा संरचनात्मक क्षति पुगेको बताइएको बताईएको छ।
























