हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारखेलकुद

नेपाल भारतलाई  हराउँदै  ‘एसएमएस फ्रेन्डसिप कप’ क्रिकेटको फाइनलमा प्रवेश

प्रहार समाचार । भारत, चैत २१ । नेपालले भारतको गुजरातलाई आठ रनले हराउँदै  ‘एसएमएस फ्रेन्डसिप कप’ क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । त्रिकोणात्मक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालले लगातार तीन खेलमा जीत निकाल्न सफल भएसँगै एक खेलअगावै फाइनल प्रवेश गर्न सकल भएको छ।

आज भएको लिगको चौथो खेलमा गुजरातले टस जितेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा १८१ रन बनायो । १८२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा गुजरातले  निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७३ रन मात्र बनाउन सक्यो ।

गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा भएको उक्त खेलमा पहिला ब्याटिङ गर्ने क्रममा नेपालको शुरूवात उत्कृष्ट रह्यो । दुवै ओनपरले पहिलो विकेटका लागि एक सय २५ रनको साझेदारी गरे । पहिलो विकेटका रूपमा नेपालले कुशल भुर्तेललाई गुमायो । उनले दुई छक्का र नौ चौकाको सहयोगमा ६७ रन बनाए । अर्का ओपनर मोहम्मद आशिफ शेखले ८५ रनको योगदान दिए । उनले ५१ बल खेल्ने क्रममा पाँच छक्का र १० चौका प्रहार गरे । अन्य ब्याटरले भने उल्लेख्य रन बनाउन सकेनन् ।

बलिङतर्फ गुजरातका लागि जयमित पटेलले तीन तथा आर्या देसाइ र ध्रुशान्त सोनीले दुई–दुई विकेट लिए ।   नेपालले अर्को खेल शुक्रवार बरोडासँग खेल्ने तालिका रहेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button