हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारसूचना प्रविधि

ताइवानमा शक्तिशाली भूकम्प :  जापानमा सुनामीको चेतावनी

प्रहार समाचार । ताइवान, चैत २१ । ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प गएको छ ।  अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्दछ । यो भूकम्प पछि पनि साना ठूला परकम्पहरु आउने क्रम जारी छ । एउटा शक्तिशाली परकम्प ६.५ म्याग्निच्युडको छ । भूकम्पपछि ताइपेका केही स्थानमा विद्युत आपूर्ति बन्द भएको   छ । सामाजिक सञ्जालमा सेयर भएका भिडियोहरूमा केही भवनहरू भत्किएको   देखिन्छ । 

भूकम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो ।समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ । भूकम्पले पुर्‍याएकोक्षतिको विवरण आउन बाँकी छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button