प्रहार समाचार । काठमाडौँ, चैत २१ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले जीबी राईलाई देखाएर उन्मुक्ति नपाउने बताएका छन्

बुधवार प्रतिनिधि सभा बैठकमा सर्वोच्च अदालतले २०६८ सालमा गरेको एक आदेशको उदाहरण पेश गर्दै शर्माले जीबी राई र रविलाई सोही कानून आकर्षित हुने बताएका हुन् । युनिटी नामक नेटवर्किङ व्यवसायको ठगी सम्बन्धमा २०६८ सालमा सुशीला कार्कीले गरेको आदेशमा कम्पनी आफैंमा अमूर्त हुने भएकोले व्यक्तिले बेइमानीको जवाफ दिनुपर्ने फैसला गरेको शर्माले बताए ।
गोरखा मिडिया नेटवर्कमा जीबी पछि रवि दोस्रो जिम्मेवारीमा रहँदा ५ वटा शहरका ५० हजार सर्वसाधारणको ८० करोड लगानी भएको छ’, शर्माले भने ।
शर्माले सहकारी ठगीमा रहेका जीबी राई गृहमन्त्री लामिछानेको सम्पर्कमा रहेको समेत दाबी गरे । लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।
सहकारी ठगीबारे कांग्रेसले उठाएका प्रश्नको जवाफमा रविले बहस गर्न कहाँ आउने हो भनेर सोधेको प्रश्नमा विश्वप्रकाशले स्थान समेत तोकेका छन् ।
‘पुराना दलको कुनै नेताले आरोप लाग्दा यस्तो चुनौती दिएका थिएनन्, उहाँले बहस गर्ने ठाउँ खोज्नु भएको छ । सिंहदरबार भित्र बन्ने संसदीय छानबिन समितिको कार्यालयमा बहस गर्न आउनुस्’, शर्माले भने । लोकान्तरबाट
























