प्रहार समाचार । भारत, चैत २१ । भारतको महाराष्ट्रस्थित एक कपडा पसलमा आज बिहान भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।

छत्रपति सम्भाजीनगरको क्यान्टोन्मेन्ट क्षेत्रमा रहेको कपडा पसलमा आगलागी भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
उक्त भिषण आगलागीमापरि सात जनाको निसासिएर मृत्यु भएको छ भने आगलागीको घटना कसरी हुन पुगेको हो भन्ने बारे कारण खुल्न नसकेको समाचारमा उल्लेख छ ।
























