हेडलाईनसमाचारगण्डकीघिरिङनगरपालिका /गाउँपालिकास्वास्थ्य

तनहुँको घिरिङ गाउँपालिकामा जेष्ठ नागरिक आरोग्य कार्यक्रम सञ्चालन

प्रहार समाचार । तनहुँ, चैत २० । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी ‘ भन्ने मूल नाराका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दमौलीको आयोजनामा तनहुँको घिरिङ गाउँपालिकामा जेष्ठ नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिएको छ।

समाजका पथ प्रदर्शक एवं अभिभावक जेष्ठ नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै घिरिङ गाउँपालिका वडा नम्बर ३ घिरिङ स्वास्थ्य चौकीमा आयोजित उक्त कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष होमबहादुर थापाले पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिप्रति जनविश्वास बढ्दै गएको बताउँदै आयुर्वेदिक औषधिले जरैदेखि रोगको निर्मूल पार्ने बताए ।  कार्यक्रममा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा . नारायण श्रेष्ठ, वरिष्ट कविराज शम्भु  चापागाइँ, वडा नं ३ का वडा अध्यक्ष तहलसिंह थापा लगायतले आयुर्वेदिक औषधिको महत्त्व र स्वास्थ्य रहने उपायहरूको बारेमा चर्चा गरेका थिए।

जेष्ठ नागरिकका लागि लक्षित उक्त कार्यक्रममा जेष्ठ नागरिक लगायत ६८ वर्ष माथिका ९० जनाको उच्च रक्तचाप , मधुमेह लगायतको परीक्षण गरी निःशुल्क औषधि समेत वितरण गरिएको बताइएको छ।

यसैबीच उक्त  केन्द्रकै आयोजनामा घिरिङ गाउँपालिकामा नागरिक आरोग्य सेवा कार्यक्रम समेत आयोजना गरिएको कार्यालयले जनाएको छ। आफ्नो घरगाउँमा सदरमुकामबाट चिकित्सक समेतको टोलिले स्वास्थ्य परिक्षण गरि औषधि समेत वितरण गरिएकोमा सेवाग्राही जेष्ठ  नागरिकहरू हर्षित भए का थिए ।ब


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button