प्रहार समाचार । व्यास नगरपालिका वडा नं ११ पोल्याङ निवासी काजिबाबु पन्थका छोरा प्रकाश पन्थ गत सातादेखी युरोपेली मुलुक माल्टामा हराएकामा खोजीका लागि गैर आवासिय नेपाली संघ माल्टामा निबेदन दर्ता भएको छ।

गैरआवासिय नेपाली संघ माल्टाको कार्यालयमा प्रकाश पन्थको श्रीमति रविना पन्थले आफ्नो श्रीमानको खोजी तलास गरि पाउँ भन्ने व्यहोराको निवेदन ३० तारिकमा दिएकी छन्। श्रीमति रविनाले आफ्ना पतिको खोजीमा सहयोग गर्न अनुरोध गरेको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाले जनाएको छ।
पन्थ गत मार्च २५ तारिख (नेपाली मिति अनुसार गत चैत १२ गते) साँझ माल्टामानै रोजगारी गर्ने रोशन पन्थको कोठामा खान खाना खाएर कोठाबाट घर जान्छु भनेर हिडेकोमा अहिलेसम्म परिवारको सम्पर्कमा नआएको आफूले सुनेको व्यास ११ पोल्याङ निवासी पन्थका काका केशव पन्थले प्रहार समाचारलाई बताए । २९ बर्षिय पन्थ रोजगारीको शिलसिलामा माल्टाबाट एकाएक हराएको सुचना आएपनि आधिकारिक सुचना नआएकोमा सोमबार श्रीमती र भाईहरु आएर आधिकारिक निबेदन दिएको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाले जनाएको छ ।

यस सम्बन्धमा एनआरएनए माल्टाले एक विज्ञाप्ति समेत निकालेको छ। विज्ञाप्तिमा ‘हामीले पन्थ परिवारलाई आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने बचनबद्वता ब्यक्त गरेका छौ र निरास नहुन सुझाएका छौ । हामीले सामाजिक सन्जालमा सुचना आउन बित्तिकै हाम्रो तर्फवाट माल्टाको प्रहरी प्रशासनन र डिटेन्सन सेन्टर सबै तिर बुझेका थियौं तर प्रकाश कतै पनि नभएको जानकारी पाएका छौ, यो हामी माल्टाबासी नेपालीको लागी निकै दुखद खबर हो, त्यसैले हामी माल्टामा रहेका सामाजिक तथा राजनैतिक संघ संस्था, समाज सेवी , ब्यापारी लगाएत सम्पुर्ण साथीहरु एकजुट भएर पन्थको खोजि कार्यको लागि अग्रसर हुन् हार्दिक अनुरोध गर्दछौ ।’ भनिएको छ।
पन्थको परिवारले माल्टाबासी कसैले उनलाई देख्नु भए उनको परिवार वा प्रहरीलाई सम्पर्क गरेर सहयोग गरिदिन सबैमा स अनुरोध समेत गरेको छ ।

























