प्रहार समाचार । तनहुँ, चैत २० ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाकी सहसचिव मिला दरैकी बहिनी अश्मि दरैको निधन भएको ७ औं दिन मंगलबार भेटघाट तथा परिवारलाई शोकपत्र हस्तान्तरण गरिएको छ।

शाखाका उपाध्यक्ष डिपी अधिकारीको नेतृत्वमा व्यास नगरपालिका–१ भादगाउँमा निवासी स्व.दरैको घरमानै पुगी घर परिवारमा सान्त्वना दिनुका साथै दाजुलाई शोक पत्र हस्तान्तरण गरिएको थियो । दरैको ३३ बर्षको उमेरमा गत १४ गते बुधवार उपचारको क्रममा असामयिक निधन भएको थियो ।

नेपाल पत्रकार महासंघ तनहुँको टोली र जिल्लामा क्रियाशील संञ्चारकर्मीहरु घरमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको थियो ।


























