हेडलाईनसमाचारगण्डकीविजनेसनगरपालिका /गाउँपालिकासूचना प्रविधि

तनहुँमा ३ सय ६ वटा नयाँ उद्योग दर्ता : १९ लाख बढि राजश्व संकलन

प्रहार समाचार । तनहुँ , चैत १९ ।तनहुँ जिल्लामा यस आर्थिक वर्षमा ३ सय ६ वटा नयाँ उद्योगहरू दर्ता भएका छन्। जस अन्तर्गत २ सय ९९ वटा साना उद्योग तथा एउटा साझा फर्म दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ।

यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा तनहुँ जिल्लामा एउटा नयाँ होमस्टे दर्ता भएको छ भने पाँचवटालाई पदयात्रा पद प्रदर्शक इजात पत्र प्रदान गरिएको कार्यालयका सूचना अधिकारी कर्णबहादुर राणाले बताए ।

कार्यालयका अनुसार जिल्लामा उत्पादनमूलक ३२ वटा र एउटा साझेदारी   उद्योग दर्ता भएको छ । त्यसैगरी कृषि तथा वन पैदावारमा आधारित १ सय ४ वटा, निजी एउटा कम्पनी दर्ता भएको छ ।
त्यसैगरी पर्यटन तर्फ गरी तर्फ ७७ वटा ,  सेवाका ७९ र प्रालीका तीनवटा , पूर्वाधारतर्फ साना दुईवटा र एउटा प्राली दर्ता भएको कार्यालयले जनाएको छ।  यसै गरी प्रविधिमा आधारित पाँचवटा साना उद्योग र एउटा प्राली दर्ता भएको छ।
यसैगरी पूर्वाधार विकासतर्फ आर्थिक वर्ष २०८०/ ८१ को ८ महिनामा सातवटा योजनाहरू सम्पन्न भएका छन् भने ४४ वटा सम्झौता भएका छन्। यसका साथै दुईवटा योजना सम्झौता हुन बाँकी रहेका छन् र तीनवटा योजनाहरू दोहोरिएका एवं संशोधनवाला रहेको कार्यालयले जनाएको छ।
यसरी कार्यालयले उद्योग तर्फ यस आर्थिक वर्षको ८ महिनामा १९ लाख २६ हजार ४ सय रुपैया राजस्व सङ्कलन गरेको छ। यसैगरी कार्यालयले वाणिज्यतर्फ ३७ लाख ९६ हजार १ सय ७५ कुल राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी कर्णबहादुर रानाले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button