हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

एक घण्टामै श्रम स्वीकृति दिन सुरु : गरे त हुँदो रहेछ नी !

प्रदार समाचार । चैत १९ ।वैदेशिक विभाग अन्तर्गत वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौँले  दैनिकवैदेशिक रोजगारीमा जाने श्रमिकका लागि एक घण्टामै श्रम स्वीकृति दिन सुरु गरिएको छ । यसले गरे त हुँदो रहेछनी भन्ने कुरा प्रमाणित भएको छ। यस संगै अब श्रम स्वीकृतिमा ढिलाइ हुँदा श्रमिकहरूले खेप्नुपरिरहेको बाध्यताको समेत अन्त्य हुने भएको छ।

वैदेशिक विभाग अन्तर्गत वैदेशिक रोजगार कार्यालय ताहाचलमा दैनिक एक हजार देखि एक हजार ५०० जनाले श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिने गरेका छन् । अत्यधिक चापका कारण उनीहरूले श्रम स्वीकृति पाउन एक सातासम्म कुर्नुपर्ने बाध्यता थियो । अब भने सम्पूर्ण प्रक्रिया पुरा भएको एक घण्टाभित्र श्रम स्वीकृति दिन थालिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख दीपकराज नेपालले बताए ।

यसअघिसम्म श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनका लागि थुप्रै खालका सास्ती खेप्नु परेको थियो । समयमै श्रम स्वीकृतिको काम नहुँदा श्रमिकहरूको सम्बन्धित देशका फ्लाइट छुट्ने समस्या देखिएको थियो ।
श्रमिकहरूले फ्लाइट टिकट काटेर श्रम स्वीकृतिका लागि अनलाइन मार्फत निवेदन दिने तर, श्रम स्वीकृति समयमै नहुँदा निकै सास्ती खेप्नुपरेको थियो । कतिपय समयमा अनलाइन सिस्टममा नै समस्या आएर श्रमिकहरूले श्रम स्वीकृति नै नपाउने समस्या थियो ।

कम्प्युटरको -याम बढाउने, डेलिकेडेड टिमलाई पनि २४ घण्टा नै अलर्टमा राखेर काम गर्ने जस्ता विषयमा पनि व्यवस्थापन गरिएको तथा हरेक दिन बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राति ९ बजेदेखि बिहान ४ बजेसम्म गरी तीन सिफ्ट कायम गरेर श्रम स्वीकृति दिन मन्त्रालयले थालेको हो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button