हेडलाईनसमाचारप्रदेश

केन्द्राध्यक्षसहित छ जना निरीक्षक कारबाहीमा

प्रहार समाचार । विराटनगर , चैत १९।माध्यामिक शिक्षा परीक्षा (एसईई)मा मर्यादाविपरीत गतिविधि गर्ने विराटनगरमा परीक्षा केन्द्रका केन्द्राध्यक्षसहित छ जना निरीक्षक कारबाहीमा परेका छन् ।

विराटनगरका विभिन्न तीन वटा परीक्षा केन्द्रमा खटिएकाउनीहरूमाथि आज कारबाही भएको हो । अनुगमनका क्रममा मर्यादाविपरीत परीक्षा सञ्चालन गरेको पाइएपछि विराटनगर ६ मा रहेको शिक्षा सदन स्कुलका केन्द्राध्यक्ष विजय रौनियारलाई केन्द्राअध्यक्षको जिम्मेवारीबाट बर्खास्त गरिएको शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमलले जानकारी दिए ।

रौनियारलाई केन्द्राध्यक्षको जिम्मेवारीबाट हटाएर गोग्राहा स्कुलका बेदु खतिवडालाई केन्द्राध्यक्षको जिम्मेवारीमा ल्याइएको छ । अन्य पाँच जना निरीक्षकहरू पनि कारबाहीमा परेका छन् । यसैगरी विराटनगर–११ जनपथ माध्यामिक विद्यालयमा खटिएका दुई जना निरीक्षकहरु पनि  कारबाहीमा परेका छन् ।   जनपथका मा वि का विजय महतो र योगेन्द्र यादव कारबाहीमा परेका हुन् । उनीहरूको ठाउँमा ज्ञान निकुन्ज स्कुलका राजु चौधरी र जनचेतना आधारभूत विद्यालयका विनारानी दाहाललाई निरीक्षक राखिएको समन्वय इकाइले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button