सरकारले पेट्रोलको मूल्य वृद्धि गरेको छ। भोलि सोमबारबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको हो।

निगमले आज एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
निगमकाअनुसारआइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। तर निगमलाई ग्यासमा अझै पनि २९६ रूपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको जनाएको छ। डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ।

भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।
तर निगमलाई ग्यासमा अझै पनि २९६ रूपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको जनाएको छ। डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ।
निगम द्वारा पेट्रोलको भाउ ठाउँ अनुसार तीन वर्ग विभाजन गरि मूल्य निर्धारण गरिएको छ जस अन्तर्रगत
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ १ सय ७२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा १ सय ७४ रूपैयाँ प्रतिलिटर पर्नेछ। तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखर र दिपायल लगायतक क्षेत्रमा पेट्रोलको मूल्य १ सय ७५ रूपैयाँ प्रतिलिटर पर्ने नेपाल आयल निगमले जनाएको छ।
























