हेडलाईनसमाचारप्रदेश

टेलिकम र सुरक्षण मुद्रण केन्द्रका पूर्वप्रबन्ध निर्देशक पौडेलद्धयलाई २१ दिन थुनामा राख्न अनुमति

प्रहार समाचार । काठमाडौं, चैत १८ ।नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति दिइएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आज उनीहरूलाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको हो ।

पौडेलद्वयलाई थप २१ दिन थुनामा राख्न अनुमति दिइएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। 

गैरकानूनी सम्पत्तिआर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १० गते उनीहरूलाई पक्राउ गरेको थियो ।  लोकान्तर बाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button