हेडलाईनसमाचारबागमती

त्रिशुली नदिमा ट्याक्सी खस्यो : पाँच जनाको मृत्यू एक बेपत्ता

प्रहार समाचार । चितवन , चैत १७ । काठमाडौँबाट पोखरा आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ सिमलधार स्थित पृथ्वी राजमार्ग सडक खण्डबाट त्रिशुली नदीमा  खसेको छ।

ट्याक्सीमा चालक सहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका वडा नं ७ का ३५ वर्षीय अर्जुन श्रीमल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीय हरिमाया रोकाय ,  ७० वर्षीय जुनकुरी रोकाया ,  २८ वर्षीया अन्जना रोकाए र  ९ वर्षीय आगमन नगरकोटी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए ।

दुर्घटनामा सोही वडाका १८ वर्षीय दीपक रोकाए बेपत्ता छन्। उनको खोजीका लागि दुर्घटनास्थलमा उद्धार टोली खटिएको डीएसपी भण्डारीले बताए। पाँचजनालाई मृत अवस्थामा नदीबाट निकालिएको थियो भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button