प्रहार समाचार ।तनहुँ, चैत्र १७ । तनहुँको म्याग्दे गाउँ पालिका वडा नं १ गुणादीमा आज विहान कार बसमा ठक्कर खाँदा तीन यात्रु घाईते भएका छन् ।

पोखराबाट दमौली जाँदै गरेको ना ५ ख ५३५९ नं. को बस रोकी राखेको अवस्थामा सोही दिशाबाट आउदै गरेको बाग्मती बि ए सी ५७० नं.को कार बसको पछाडीको भागमा ठोक्किई घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कार चालक कास्की जिल्लाको पोखरा महानगरपालिका–२५ बस्ने बर्ष ३१ को विकास त्रिपाठी, कारमा सवार पोखरा महानगरपालिका–१६ बस्ने बर्ष ३२ को बिकास बानियाँ र सोही महानगरपालिकाको वडा नं. १९ बस्ने बर्ष ३१ को संजिप भण्डारी घाईते जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहराले जानकारी दिए ।

तिनै जना घाईतेहरुको दमौली स्थित रत्नहरी मेमोरियल अस्पताल उपचार भईरहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको बोहोराले बताए ।
























