हेडलाईनसमाचारदेवघाटगण्डकीबागमती

राष्ट्रपति रामचन्द्र पौडेलले  ठिमुरा पुलको आज उद्घाटन गर्ने

प्रहार समाचार । तनहुँ, चैत १७ ।राष्ट्रपति रामचन्द्र पौडेल तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि बनेको पक्की  ठिमुरा पुलको आज उद्घाटनका गर्ने भएका छन्।


राष्ट्रपति पौडेलले पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले प्रहार समाचारलाई बताए । ‘राष्ट्रपति पौडेलले आज  दिउँसो १२:३० बजे उक्त पुलको उद्घाटन गर्ने निश्चित भएको छ, हामीले सम्पूर्ण तयारी पूरा गरेका छौँ ‘ अध्यक्ष थापाले भने । उक्त पुल २१ करोड ६८ लाख ४८ हजारको लागतमा निर्माण सम्पन्न भएको पुलले तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्छ ।

२०७१ कात्तिक २० मा तीनवटा निर्माण कम्पनीसँग सम्झौता भए अनुसार तीन वर्षभित्र २०७४ कात्तिक भित्र  पुलको निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । पछिल्लो  पटक म्याद थपेर २०७९ को चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने आलटाल गरे पनि पुल निर्माणबारे राष्ट्रपति पौडेलले चासो राख्दै आएका थिए । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button