हेडलाईनसमाचारघिरिङगण्डकीभिमाद

असिना पानीले लाखौको नगदे तथा तरकारी बालीमा क्षति

प्रहार समाचार । तनहुँ, चैत १३ । तनहुँको भिमाद नगरपालिका र घिरिङ गाउँपालिकामा सोमबार अपरान्न परेको भीषण असिना पानीले लाखौको नगदे तथा तरकारी बालीमा क्षति पुऱ्याएको छ।

असिनाले थन्काउन लागेको नगदे बालीहरू फलफुल तथा अन्य बालीहरूमा नोक्सान पुर्याएको भिमाद गाउँपालिकाका कृषक गिरबहादुर रानाले बताए ।

यसैगरी सोही दिनमा परेको असिनाको कारण घिरिङ गाउँपालिकाका केहि वडाहरूमा समेत ठूलो क्षति पुर्‍याएको छ। आँप, लिची, कटहर  ,केरा , कागती , सुन्तला लगायतका अमिला जातका फलफुलहरुका अतिरिक्त तरकारी बालिमा समेत असिनाले ठूलो क्षति पुर्याएको छ। पिडित किसानहरुले स्थानिय पालिका  र कृषि ज्ञानकेन्द्रमा जानकारी गराउने भएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button