प्रहार समाचार । तनहुँ, चैत १४ । राष्ट्रपति रामचन्द्र पौडेलबाट तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदी माथि बनेको पक्की पुलको उद्घाटन गरिने भएको छ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुल निर्माणको सम्पूर्ण काम सम्पन्न भएकाले आगामी शनिवार राष्ट्रपति रामचन्द्र पौडेलबाट पुलको उद्घाटन गरिने बताए ।

तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने पुल सञ्चालन आइसकेको छ। पुल २१ करोड ६८ लाख ४८ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो। पुलको उद्घाटन सन्दर्भलाई लिएर आज तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरूको बैठक बस्ने भएको छ।
























