हेडलाईनसमाचारप्रदेश

पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता

प्रहार समाचार । चैत ११ । पौडी खेल्न गएका उदयपुरका  तीन जना बालबालिका बेपत्ता भएका छन्। 

जिल्‍ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाका अनुसार  उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङस्थित सुनकोशी  नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा त्रियुगा-१४ साउनेकी १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर रहेको प्रहरीले जनाएको छ। बेपत्ता भएका बालबालिका हरुको   खोजी भइरहेको छ। उनिहरुलाई आज दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button