हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

‘ ग्लोबल नेपाली फिल्म अवार्ड’को सातौँ संस्करण अमेरिकामा

प्रहार समाचार । काठमाडौँ, चैत ११ । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को सातौँ संस्करण अमेरिकामा आयोजना हुने भएको छ । सन् २०१६ बाट सुरु भएको अवार्ड आगामी सेप्टेम्बर २८ तारिखमा अमेरिकाको  न्यूयोर्क शहरमा आयोजना हुने भएको हो  ।

चलचित्रकर्मीलाई सम्मान पुरस्कार र सम्मान मार्फत प्रोत्साहन दिने उद्देश्यले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना हुँदै आएको आयोजक नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष अभिनेता कृष्ण मल्लले बताए। एटिए एभरेष्ट इन्स्योरेन्स, एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनी, त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कको समेत सहकार्य अवार्डमा रहने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।


अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदायहरूबिच प्रत्यक्ष साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताईएको छ। संसारभर छरिएर रहेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने विश्वास आयोजकले लिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button